.

बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोका खोलिने

बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोकाक्रमशः खोलिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो ।

देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि पानी परेको र थप पानी पर्ने पूर्वानुमान अनुसार बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भैरहेको र आज विभिन्न जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो ।

प्राधिकरणले पालिका, सुरक्षा निकाय र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह पनि गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया