.

बलात्कार आरोपमा उदयपुरको एक युवक धनकुटादेखि पक्राउ

विराटनगर । इटहरीको होटेलमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७, मोतिगडाका २८ वर्षीय सोमनाथ भनिने सुजन गिरी छन् । 

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार   दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ । 

सुनसरीको इटहरीस्थित क्राउन होटेल एन्ड लजमा गएको कात्तिक ३० गते ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा गिरीलाई पक्राउ गरिएको हो । उनलाई धनकुटाको चौबिसे गाउँपालिका–२, शुक्रबारे बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया