विराटनगर । उपमेयर हुँदाहुँदै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।
१५ दिनका लागि बेलायत जान लागेका साम्पाङले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहक पालिका प्रमुखको जिम्मेवारी दिएका हुन् ।
साम्पाङ अक्टोबर १७ तारिखमा नेपालबाट बेलायत जाने छन् । उनी नोभेम्बर २ तारिखमा फर्कने छन् ।
साम्पाङले असोज २८ गतेबाट बेलायतबाट नफर्किएसम्म लागि कामकाज गर्नेगरी फागुलाई जिम्मा दिएका हुन् ।
धरानको उपप्रमुखमा अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि प्रमुख साम्पाङ वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।
बेलायतमा उनले बेलायतमा नेपाली समुदायसँग भेटघाट गर्ने छन् । बेलायतमा रहेका नेपाली समुदायकै निम्तोमा उनी त्यसतर्फ जान लागेका हुन् ।