विराटनगर । दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा ठूलो बाढी चलिरहेको छ । नदीको जलसतह वृद्धि अति उच्च जोखिम अवस्थामा पुगेको छ ।
बाढीको वितण्डा मच्चिने जोखिम बढेपछि बिहानैदेखि सप्तकोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । अहिले ब्यारेज क्षेत्रमा अतिउच्च वहाव छ । बाढीका कारण सो क्षेत्रमा यतिखेर ५ लाख भन्दा बढी क्युसेक पानी बगिरहेको नेपाल प्रहरीले जानकारी दिएको छ । कोशीले १० वटा स्टेशनमा खतराको तह पार गरेको छ । अन्य तीन स्थानमा सतर्कता तह पार भएको छ ।
यसैविच कोशी टापुमा फँसेका २७ जनाको उद्धार कार्यमा ठूलो समस्या उत्पन्न भएको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान भर्न असमर्थ रहेको छ। यसैगरी, खराब परिस्थितिले गर्दा उद्धार टोलीलाई डुंगामार्फत पनि पुग्न कठिन भएको छ। यस परिस्थितिले फँसेका व्यक्तिहरूको सुरक्षित उद्धारमा चुनौती थपेको छ।