.

इलाम–२ मा जमानत नै जफत भएको रास्वपाले नतिजाको गम्भीर समीक्षा गर्ने

विराटनगर ,१८ बैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले इलाम–२ को उपचुनावबाट प्राप्त नतिजाको गम्भीर समीक्षा गर्ने भएको छ ।

इलाममा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत नै जफत भएको छ । आफ्नो पार्टीका उम्मेदवारले प्राप्त गरेको मत र कमी–कमजोरीबारे पार्टीको केन्द्रीय समितिको आउँदो बैठकमा गहन समीक्षा गर्ने प्रवक्ता डा। मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । नतिजा आफ्नो पार्टीका उम्मेदवार अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई प्राप्त भएको मतको सम्मान गर्ने रास्वपाले उल्लेख गरेको छ ।

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । रास्वपाले निर्वाचित सुहाङलाई शुभकामना तथा बधाई दिएको छ । उपचुनावमा रास्वपाका उम्मेदवार मिलन लिम्बूसँगै १६ जना उम्मेदवारको जमानत अर्थात् धरौटी जफत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया