.

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री वालेन्द्र शाह र देशका प्रमुख उद्योगी तथा व्यवसायीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद सुरु भएको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री शाहले आज यो विशेष छलफल सुरु गरेका हुन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त उच्चस्तरीय संवाद साढे ११ बजेदेखि सुरु भएको हो।

बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रबीचको सहकार्यका विषयमा गहन छलफल हुने जनाइएको छ।

छलफलमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा। घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको उपस्थिति रहेको छ।

इसैबिच

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । बैठकका एजेण्डाहरु अहिलेसम्म खुलाइएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया