.

सीमाबार प्रधानमन्त्रीको अभिव्यक्ति : विपक्षीको अवरोधका कारण आज पनि प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी सांसदहरूले उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो ।


आजको बैठक शुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुखले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए ।


प्रधानमन्त्री बालेन शाहले ’नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएयता विपक्षीहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया