कोशी प्रदेश सभाको नवौँ अधिवेशनअन्तर्गत चौथो बैठक आज आइतबार दिउँसो १ बजे बाट सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।
बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश प्रमुखबाट गत जेठ ७ गते प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । मुख्यमन्त्रीको प्रस्तावपछि प्रदेश सभामा सरकारको आगामी नीति तथा कार्यक्रमबारे औपचारिक छलफल सुरु हुने जनाइएको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्री रामप्रसाद महतोले प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रदेश सभा सदस्यहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा तथा सुझाव राख्नेछन् ।