विराटनगर, १ असार । कोशी प्रदेश सरकारले धरानमा खानेपानीका लागि बजेट विनियोजन गरेपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खुसी भएका छन् ।
बिहीबार आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड रुपैयाँ विनियोजन गरेका थिए ।
अध्यादेशमार्फत बजेट ल्याएका मुख्यमन्त्री कार्कीले धरानको खानेपानीलाई बजेट छुट्याएपछि मेयर हर्क साम्पाङ खुशी हुँदै सामाजिक संजाल फेसबुकमार्फत प्रदेश सरकारलाई धन्यवाद दिएका छन् ।स्वतन्त्रबाट धरानको मेयरमा निर्वाचित भएका हर्क खानेपानी समस्याको अन्त्य गर्न लागि परेका छन् । पछिल्लो समय कोकाहाबाट खानेपानी ल्याएका साम्पाङ चौतर्फी प्रशांसा भइरहेको छ ।