विराटनगर , ४ साउन ।मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका १९ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
आइतबारबाट सुरु भएको कार्यक्रमको पहिलो दिन वडा नम्बर ४ का १२५ बिपन्न र १६ अपांगता भएका परिवारलाई स्वास्थ्य विमा कार्ड वितरण गरिएको हो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्वास्थ्यमा नगरबासीको पहुँच वृद्धि गर्न निःशुल्क बीमा कार्यक्रम सुरु गरेको बताए ।
यस्तै उपप्रमुख मिना खतिवडाले नगरका सबै वडाबाट सिफारिस भएर आएका बिपन्न तथा अपांगता भएका परिवारको स्वास्थ्य विमा गरिएको जानकारी दिइन ।
यस वर्ष नगरभरिका १९ सय परिवारको निःशुल्क स्वास्थ्य विमा गरिने र आगामी वर्षहरुमा यसलाई बृद्धि गर्दै लैजाने तयारीमा नगरपालिका रहेको खरेलले बताए ।
आर्थिक रुपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि उर्लाबारी नगरपालिकाले नि शुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?