.

दाङमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विराटनगर , ३० साउन  । दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।


वनबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको बङ्गलाचुली गाउँपालिका(४ का मैकुटीका ३१ वर्षीय अजय सुनार, २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार बिरामी परेका हुन् ।


च्याए खाएपछि उनीहरुलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको थियो । 


उनीहरुलाई बङ्गलाचुली अस्पतालमा प्राथमिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया