.

कोशी अस्पतालको अतिक्रमित जग्गामा चल्यो डोजर, पसल सर्टर भत्काइयो

विराटनगरको कोशी अस्पताल परिसरभित्र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमा आज बिहानैदेखि डोजर चलाइएको छ। अस्पताल प्रशासनले यसअघि सार्वजनिक गरेको हटाउनुपर्ने संरचना र व्यावसायिक पसलहरूको सूचीअनुसार आज बिहान ६ बजेबाटै डोजर चलाउन सुरु गरिएको हो।

सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरीको बाक्लो उपस्थितिबीच डोजर चलाएर संरचनाहरू भत्काउने काम भइरहेको छ। डोजर कारबाहीको पहिलो चरण अन्तर्गत अस्पताल मोड र देवकोटा चोक क्षेत्रमा रहेका सम्पूर्ण व्यावसायिक सटरहरू खाली गराई भत्काइएको छ। यस्तै, अस्पताल जग्गामा रहेका नेपाल रेडक्रस सोसाइटी मोरङ र नेपाल क्षयरोग निवारण संस्था मोरङको हकमा भने हाललाई मुख्य गेट मात्र खोलिएको छ।

अतिक्रमित संरचनाहरू हटाएपछि अस्पताल प्रशासनले उक्त जग्गालाई संरक्षण र उपयोग गर्ने तत्कालै योजना अघि सारेको छ। खाली गराइएको क्षेत्रमा तुरुन्तै घेराबेरा गरेर जग्गा सुरक्षित गरिनेछ र अस्पतालमा बिरामीको चाप अनुसार सेवा विस्तार गर्न अपुग रहेका भवन तथा वार्डहरू सोही खाली ठाउँमा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया