.

चितवनमा ७ जनामा औलो पुष्टि

विराटनगर । चालु आर्थिक वर्ष २०८१/८२ को अहिलेसम्म चितवनमा  ७ जना औलो रोगका बिरामी भेटिएका छन।


७ हजार ९ सय ८९ जनाको नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । गत  आर्थिक वर्षमा १० जनामा उक्त रोगको सङ्क्रमण देखिएको थियो ।


यो रोग एनोफलिज जातको लाम्खुट्टेले टोक्दा लाग्छ । औलो हँदाु   उच्च ज्वरो आउने, दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, शरीर काप्ने , पसिना आउने  र ज्वरो घट्ने लक्षण देखिने गर्दछ ।


खाली ठाउँ सफा राख्ने, लाम्खुट्टेले फूल पार्ने ठाउँ पुर्ने, सुत्दा झुलभित्र सुत्ने  र बिहान बेलुका लामखुट्टे टाढा राख्ने मलम लगाउँदा औलोबाट बच्न सकिन्छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया