.

मुख्य चाडपर्व परेका कारण मागअनुसार रगत सङ्कलन हुन नसक्दा समस्या

 विराटनगर । मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाण्डौ उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।


तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अध्यक्ष राजेश श्रेष्ठले  बताउनुभयो । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया