काठमाण्डाै - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रिएको
पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर नष्ट गरिएको
विभागले जनाएको छ । काठमाण्डौको धुम्बाराहीबाट बरामद भएको बियर चितवनमा
रहेको कम्पनीमै लगेर नष्ट गरेको विभागले जनाएको हाे ।विभागले बियर कम्पनीको नाम भने खुलाएको
छैन । विभागले हिजो काठमाण्डौको पेप्सीकोला, बालाजु, असन क्षेत्र र
भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ । पेप्सीकोलामा रहेको एक किराना
पसललाई सिल गरिएको विभागले जनाएको छ ।विभागले यो महिनाको शुरुवातदेखि चाडपर्व लक्षित अनुगमन गरिरहेको छ ।