विराटनगर, ९ साउन । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।आज सुन तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको थियो । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।