.

सिक्किममा ताल फुटेर आएको बाढीमा परि १४ जनाको ज्यान गयो, सेनाका २२ जवानसहित १ सय २ जना बेपत्ता

विराटनगर , १८ असोज । भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ ।

बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना बेपत्ता भएका छन् । पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।

बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

सिक्किम राज्य सरकारले हिजो बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ ।भवन र गाडीमा पनि क्षति पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गरी आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ।   


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया