फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्को बे एरिया रंगशालामा बुधबार सम्पन्न खेलमा अष्ट्रियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो । अस्ट्रियाले खेलको २१औँ मिनेटमा रोमानो स्मिडको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ५०औँ मिनेटमा अली ओलवानले जोर्डनका लागि बराबरी गोल फर्काए । जोर्डनले विश्वकपमा पहिलो गोलसमेत गरेको हो । तर खेलको ७६औँ मिनेटमा याजन अल अरबको उपहार गोलमा अस्ट्रिया २–१ ले अगाडि रह्यो । अनि खेलको इन्जुरी समयमा अस्ट्रियाका मार्को अर्नाटुभिकले पेनाल्टीमा गोल गरे ।
जोर्डनलाई ३–१ ले हराएसँगै समूह ‘जे’ को अस्ट्रियाले महत्त्वपूर्ण ३ अंक जोडेको छ । विश्वकप फुटबलमा आज राति पौने ११ बजे पोर्चुगल र कङगोले खेल्दैछन् ।