.

टी–२० पुरुष विश्वकप ः जिम्बावेले वेस्ट इन्डिजको सामना गर्दै

आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत सुपर–८ मा आज अपराजित वेस्ट इन्डिज र जिम्बावे आमने–सामने हुँदैछन्।

सोमबार यी दुई टोलीबिच मुम्बईको वानखडे क्रिकेट रंगशालामा बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ। सन् २०२४ को संस्करणको लागि छनोट हुन नसकेको जिम्बावेले पहिलो चरणमा पूर्व विश्व च्याम्पियन अस्ट्रेलिया र श्रीलंकालाई पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगेको हो।

वेस्ट इन्डिज पनि समूहमा विजयी रहँदै शीर्ष ८ मा पुगेको हो। यी दुई टोलीबिचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ। वेस्ट इन्डिज टी–२० पुरुष विश्वकपको दुई पटकको विजेता हो भने जिम्बावेले हालसम्म उपाधि जितेको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया