विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हरायो
८ कार्तिक २०८०, बुधवार
0
प्रतिक्रिया
विराटनगर , ८ कात्तिक । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको सेमिफाइनलको सम्भावना पनि बलियो बनेको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमा अलआउट भयो ।
त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३ सय ५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३ सय ९९ रन बनाएको थियो । विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।