.

तस्करीको सुन गालेर जर्ती छुट्याउँदा ६० किलो ७ सय ग्राम मात्रै, अब गुणस्तर परीक्षण गर्ने

विराटनगर , ३० साउन  ।  राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ब्रेक शुु बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ ।


ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो सात सय ७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो सात सय १६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ । पगालेको सुनलाई विभागले ३६ वटा बिस्कुट आकारमा बनाएको छ । अब सुनको गुणस्तर मापन गर्ने विभागका निर्देशक थानेश्वर आचार्यले बताउनुभयो ।


सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लाई दिएको छ ।


हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया