गण्डकी प्रदेशमा मर्मतपछि ९० वटा लघु जलविद्युत आयोजनाको उत्पादन नियमित
२९ साउन २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , २९ साउन । गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० वटा लघुजलविद्युत आयोजनाको मर्मतसम्भार गरेको छ।
जीर्ण आयोजना मर्मत भएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ।
ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका मन्त्रालयको ऊर्जा शाखाका इञ्जिनियर जीवन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रदेशमा झण्डै चार सय लघु जलविद्युत आयोजना छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले निर्माण गरेका आयोजना छन् । सौर्य ऊर्जा र लघु जलविद्युतबाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको छ ।