बिनाकारण कामबाट निकालेको भन्दै कर्मचारीको आन्दोलन, गाउँपालिकाको कामकाज प्रभावित
२८ साउन २०८०, आइतवार
0
प्रतिक्रिया
विराटनगर , २८ साउन । मोरङको बुढीगंगा गाउँपालिकाले बिना कारण कामबाट निष्कासन गरेको भन्दै निष्कासित करारका कर्मचारीले आन्दोलन गरेका छन्। उनीहरुको आन्दोलनले गाउँपालिकाका कामकाज प्रभावित बनेको छ ।
गाउँपालिकाले कार्यपालिकाको बैठकले बहुमतले निर्णय गरेर करारका कर्मचारीलाई साउन १ गतेदेखि निष्कासन गरेको थियो।
विभेदपूर्ण तरिकाले छानीछानी करारमा रहेका २६ जना कर्मचारीलाई गाउँपालिकाले निष्कारण गरेको भन्दै निष्कासिन कर्मचारीले आन्दोलन गर्दै आएका छन्। । निष्कासन गरिएका करारका कर्मचारीहरुले पुर्नरबहालीको माग राख्दै साउन २३ गतेदेखि गाउँपालिकाको गेटमा तालाबन्दी गरेर आन्दोलन गर्दै आएका छन्। । बूढीगंगा–५ स्थित गाउँपालिकाको मुख्य गेटमै तालाबन्दी गरेर करारका कर्मचारी आन्दोलित बनेपछि काम कारबाही प्रभावित बनेको हो।
मागको सुनुवाइ नभए आन्दोलनलाई थप चर्काएर लैजाने चेतावनी कर्मचारीले दिएका छन्। ।
‘करारमा कार्यरतमध्ये २६ जना कर्मचारीलाई बिना कारण र विभेदपूर्ण तरिकाले कामबाट निकालिएकाले आन्दोलनमा उत्रिएको बताए । थनदारले सब इन्जिनियर, अमिन, अहेब, कार्यालय सहायकलगायतलाई कामबाट निकालिएको बताए।
गाउँपालिकामा आफूहरूको पुर्नवहाली हुनुपर्ने, हैन भने करारका सबैलाई हटाउनुपर्ने माग राखिएको आन्दोलनरत कर्मचारी बताउँछन्। ।
उता स्थानीय ९ राजनीतिक दलले करारको कर्मचारीको आन्दोलनमा समर्थन जनाउन १३ सदस्य सर्वदलीय संर्घष समिति बनाएका छन्। ।
स्थानीय बलभद्र सरदार थारुको नेतृत्वमा आन्दोलनमा समर्थन दिन सर्वदलीय संघर्ष समिति बनाएका हुन्। निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्नु पर्ने , सवै करारका कर्मचारीलाई समान रुपमा न्ययोचित व्यवहार गर्नु पर्ने लगायतका माग सर्वदलीय संर्घष समितिले अघि सारेको छ।
समितिले अतिआवश्यक र स्वास्थयको सेवा दिन आउनेलाई मात्रै कार्यालयमा प्रवेश गर्न दिएका छन्।
कर्मचारी र जनप्रतिनिधिहरुलाई गाउँपालिकामा प्रवेश गर्न भने पूर्ण रोक लगाएको छ। काम कारबाही प्रभावित भएपछि सबै पक्षसँग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।