.

महानगरको अल्टिमेटमको अवधि सकियो , केही स्कुलको अझै अटेरी

विराटनगर, ९ साउन  । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस गर्न विद्यालयहरूलाई दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ ।

अल्टिमेटम सकिँदासम्ममा केही विद्यालयले अझै पनि विवरण बुझाउन अटेरी गरेका छन् । अझै १० वटा जति विद्यालयले विवरण नबुझाएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलिले बताए ।

विराटनगर महानगरको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबारको बैठकले हिजो कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । निजी विद्यालयको विषयलाई लिएर मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत पराजुलीबीच कुरा बाझिएको छ । मेयर कोइरालाले विवरण नबुझाउने विद्यालयलाई अब पहिला जरिवाना तोक्ने र त्यो पनि अटेर गरे खारेज गर्ने सम्मका कदम चाल्ने बताएका छन् ।

शिक्षा समितिका संयोजकसमेत रहेका मेयर कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयमाथि   कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । महारगमा ८९ वटा विद्यालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया