.

खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्डको कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्टियो

विराटनगर, ८ साउन । खोटाङ उच्च अदालतले मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको ठेक्का तोड्ने निर्णय उल्ट्याएको छ । 

सम्झौता म्याद नाघेको पाँच वर्ष बित्दा समेत निर्माण कम्पनी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्धिशाही जेभी काठमाण्डौले सडक कालोपत्रको काम सम्पन्न गर्न नसकेपछि पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको थियो ।

ठेक्का तोड्ने निर्णय लगत्तै निर्माण व्यवसायी रिट हाल्न उच्च अदालत पुगेको थियो । उच्च अदालतबाट कालोपत्र योजनाको ठेक्का तोड्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न ‘स्टे अर्डर’ आएको पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय रामेछापका इञ्जिनियर दिपेश मुनकर्मीले बताउनुभयो। 

लामो समयसम्म सडक कालोपत्रको काम अलपत्र परेपछि त्यही निर्माण व्यवसायीबाट बाँकी काम सम्पन्न हुनसक्ने अवस्था नदेखिएको भन्दै कार्यालयले गएको जेठ १४ गते सार्वजनिक सूचना प्रकाशन गरेर ठेक्का सम्झौता अन्त्य गरेको जानकारी दिएको थियो ।

भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्धिशाहीले २०७५ साल फागुन ३० गते सम्ममा सम्पन्न गर्ने गरी २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोस्रो म्याद २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते नै नाघिसकेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया