.

आज साउन महिनाको पहिलो सोमवार, शिवमन्दिरमा भक्तजनको भिड

विराटनगर,१ साउन । आज साउन महिनाको पहिलो सोमवार । साउनको पहिलो सोमबार विराटनगरको शिव मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको विहानै देखी घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण विराटनगरमा विहानै देखी घुइचो लागेको हो ।

साउने सोमवारका दिन भगवान् शिवको पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । साउनको सोमवार  विराटनगरको शिव मन्दिर ,  पशुपति लगायत देशभरका शिवमन्दिरमा भक्तजनको भिड लागेको  छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात मलमास परेको छ । अधिकमास परेको बेला व्रत गर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमवारको व्रत नित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले साउनका सबै सोमवार व्रत बस्न उपयुक्त हुने बताउनु भएको छ । यस्तै, आज सोमवार औँसी पनि हो । सोमवार औँसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया