विराटनगर, १४ साउन । झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ । केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र त्यस क्षेत्र भइ बहने स–साना खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।डुबान भैरहने होचा ठाउँ तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।त्यस्तै, गएराति कास्की र पर्वतमा ठूलो पानी परेको छ । कास्कीको जुम्लेटी–पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ तथा पर्वत आसपास भएर बग्ने खोलामा आकस्मिक बहावको जोखिम रहेको छ ।
कुस्मा–पोखरा सडक खण्ड, घान्द्रुक र आसपासमा पहिरोको जोखिम छ । कमजोर भिरालो जमिन भएका ती क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज देशभरकै मौसम सामान्य बदली रहने अनुमान छ ।