.

काँकडभिट्टाबाट एक लाख बढीको मोबाइल सामग्री बरामद

विराटनगर , साउन ११ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको एक लाख बढीको मोबाइल सामग्री प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(६ बाट मोबाइलको कभर ६८ थान र एयरफोन २२५ पिस बरामद गरेको हो ।

सो सामान चोरी तस्करीबाट भित्राएर नेपाली बजारतर्फ लैजान खोजेको अवस्थामा प्रहरी बरामद गरेको बताइएको छ । बरामद गरिएको सामानलाई करिब १ लाख ३ हजार रुपैयाँ मूल्याङ्कन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया