.

कोसीमा लाखौं पशु संक्रमित

विराटनगर ,५ साउन ।लम्पी स्किनले पशु संक्रमित हुँदा कोसी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन्।  नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। तर, अहिले यसले बिकराल रूप लिएर मुलुकभर आतंक मच्चिएको छ । पछिल्लो समय देशभर ७६ जिल्लाका गाईभैंसीमा यो रोग पुष्टि भएको छ। यस रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोसी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशुहरू बढी प्रभावित भएका छन्। ।

यो रोगको महामारी नियन्त्रणका लागि पशुसेवा विभाग र मातहतका निकाय, प्रदेश सरकार मातहतका निकाय तथा स्थानीयतहमा कार्यरत पशु स्वास्थ्यकर्मीहरू परिचालित रहेको विभागको भनाइ छ । ‘पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ । प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ।’ साथै खोप आपूर्तिको लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार डोज खोप आयात भई सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा १ लाख ८० हजार ९२२ पशुहरूमा खोप कार्य सम्पन्न भएको विभागले जनाएको छ। 

पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना सहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरिएको छ । प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको विभागले बताएको छ । ‘चालु आव २०७९र८० मा नै खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय शसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन भएको छ।

कोसीमा हालसम्म २ लाख १४ हजार ६ सय ४५ पशु संक्रमित भएका छन्। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म २ लाख १२ हजार ८ सय ५७ गाईगोरु र १ लाख ७ हजार ८८ भैंसी राँगामा यसको संक्रमण पुष्टि भइसकेको छ । लम्पी स्किनकै कारण ४ हजार ८ सय १४ वटा पशु मरिसकेका छन्। । मृत्यु हुनेमा ४ हजार ७ सय ५७ गाईगोरु र ६२ वटा राँगा छन्। यो असार अन्तिमसम्मको तथ्यांक हा े। प्रदेशमा हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ। संखुवासभा, तेह्रथुम र भोजपुरमा खोप कार्यक्रम पुग्न सकेको छैन । खोप पुगेका स्थानमा पनि पर्याप्त छैन। प्रदेशका १४ वटै जिल्ला लम्पी स्किनबाट प्रभावित छन्। प्रदेशभरि हालसम्म  १ लाख ३ हजार ७ सय ७१ पशुलाई मात्रै खोप लगाइएको हो। संक्रमितमध्ये आधा पशुले पनि खोप पाएका छैनन्। खोपको उपलब्धताको अवस्थाले पनि संक्रमण नियन्त्रण प्रभावकारी हुन नसकेको देखाउँछ।  पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन्। ३२ हजार ९ सय ६२ पशु संक्रमित हुँदा पाँचथरमा ३ सय ७६ वटाको मृत्यु भइसकेको छ। संक्रमणका कारण मृत्यु हुने पशुको संख्या इलाममा धेरै छ। इलाममा हालसम्म १ हजार ३ सय ८२ पशु मरिसकेका छन्। ३१ हजार ३ सय ४९ वटा पशुमा संक्रमण पुष्टि भइसकेको छ। धनकुटामा २१ हजार ५ सय ५८, झापामा २० हजार ९ सय २५, उदयपुरमा २० हजार ८ सय ९९, मोरङमा १९ हजार ८ सय ६९, सुनसरीमा १६ हजार २ सय ४४, तेह्रथुममा १५ हजार ९ सय ८६, संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सय २४, ताप्लेजुङमा ६ हजार ९ सय २, भोजपुरमा ६ हजार ६ सय १९, ओखलढुंगामा ६ हजार ३ सय ३ र सोलुखुम्बुमा ७ सय ५ वटा पशुमा संक्रमण यकिन भइसकेको छ।  

संक्रमणले झापामा ५ सय ४, मोरङमा ४ सय २९, उदयपुरमा ३ सय ७६, सुनसरीमा ३ सय ४३, खोटाङमा २ सय ७९, धनकुटामा २ सय ७५, संखुवासभामा २ सय ७२, ओखलढुंगामा २ सय २, तेह्रथुममा १ सय ४४, ताप्लेजुङमा १ सय २५, भोजपुरमा ७२ र सोलुखुम्बुमा ३५ पशु मरिसकेका छन्।  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया