.

कांग्रेस संसदीय बोर्डको बैठक बस्दै, सबै समूहलाई समेटेर उम्मेदवार टुङ्ग्याउने तयारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारहरूको टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बस्दैछ।

पार्टीका उम्मेदवारहरू छनोट गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन्।उनका अनुसार अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार औपचारिक रूपमा फाइनल भइसकेको छैन।

पार्टीभित्रका सबै पक्ष र समूहलाई समेटेर सन्तुलित ढंगले टिकट वितरण गर्ने प्रयास भइरहेकाले निर्णय प्रक्रियामा केही ढिलाइ भएको उनले स्पष्ट पारिन्।

विशेषगरी निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला समूहबीच सहमति जुटाएर उम्मेदवार तय गर्ने कसरत भइरहेको छ।

भोलि उम्मेदवारी मनोनयनको कार्यसूची रहेकाले पनि आजै सबै क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाइसक्नुपर्ने दबाबमा कांग्रेस नेतृत्व रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया