नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।
निर्वाचन आयोगको कार्यसूची अनुसार भोलि मंगलबार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकोले ओली एक दिन अगावै त्यसतर्फ लागेका हुन्। एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
ओली यसअघिका निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए। यसपटक झापा ५ को प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका पूर्व मेयर बालेन शाहलाई चुनावी मैदानमा उतार्ने तय गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रन्जित तामाङलाई टिकट दिएको छ। यी ‘हेभीवेट’ उम्मेदवारहरूबीचको प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ।
ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ