.

कांग्रेसको देउवा समूहबाट सर्वोच्चमा रिट दर्ता ः पर्सि ६ गतेका लागि पेसी तोकियो

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ ।

सर्वोच्चले रिटको पेशी पर्सि ६ गतेका लागि तोकेको छ ।तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको हो ।

खड्कालगायतका नेताहरूले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशनले गएको पुस ३० गते नयाँ कार्यसमिति चयन गरिसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया