नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अबको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि गएराति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको अवस्थामा मतदानको तयारी भइरहेको छ ।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । कुल ३ सय १ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३ सय ५१ पदका लागि मतदान हुन लागेको हो ।
दिउँसो एक बजेदेखि मतदान शुरु हुने भनिए पनि झन्डै तीन घण्टा ढिला चार बजेपछि मात्रै हुने भएको छ ।
अहिले विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारको नाम राख्ने काम भइरहेको छ । कुल दुई हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।