विराटनगर ,२४ असोज ।विराटनगर–५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजमा बिद्यार्थीको लागि दशैँ मेला आयोजना हुने भएको छ । आउदैँ गरेको चाडपर्वको अवसरमा कलेजमा हरेक वर्ष झैँ यस वर्ष पनि दशैँ मेला आयोजना हुन लागेको हो ।
कलेजमा असोज २६ गते शुक्रबार हुने उक्त मेलामा बिद्यार्थीको बिभिन्न फुड स्टल, गेम्स स्टलका साथै बिभिन्न मनोरञ्जनका कार्यकम आयोजना गर्ने कलेजले जनाएको छ । साथै कलेजमा पढिरहेका विद्यार्थीहरुले सिकेका बिभिन्न बिजनेस प्लान,बिभिन्न प्रोडक्सलगायतका स्टल पनि समावेस हुनेछन ।
यस्तै, कार्यक्रममा चङ्गा चेट साथै दशैँको मौलिक झझल्को दिने बिभिन्न जानकारीमुलक सामग्री पनि राखिने छ ।कलेजमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण ब्यवस्थापन गर्ने कलेजले जनाएको छ । सबै उपस्थित बिद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर ‘इथिनिक डे’ मनाउने पनि कलेजको कार्यक्रम रहेको छ ।
यस्तै, बिराटनगर इन्टरनेशनल कलेजमा बिगत ९ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत ३ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउँदै आएको छ ।