.

विद्यालय शिक्षा विधेयकबारे कांग्रेसले आन्दोलित शिक्षकसँग छलफल गर्दै

विराटनगर, ९ असोज ।  नेपाली कांग्रेस संसदीय दलले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे आन्दोलनरत शिक्षकसँग छलफल गदैैै छ ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा कांग्रेसले शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्न लागेको हो ।छलफल दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि (बुधबार)का लागि तय भएको छ ।

छलफलका लागि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारी, बाल विकास शिक्षक समितिकी अध्यक्ष कृष्णकुमारी मगर, नगरपालिका महासंघका अध्यक्ष भीम ढुंगानालगायत विभिन्न संघसंगठनका प्रतिनिधिलाई बोलाइएको छ ।

आन्दोलित शिक्षक र सरकारबीच ६ बुँदे सहमति भइसके पनि राहतलगायत शिक्षकहरूले भने असन्तुष्टि जनाउँदै आन्दोलन जारी राखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया