.

फिक्कल र बरबोटेमा डेंगी नियन्त्रण लक्षित सरसफाई अभियान

विराटनगर , ५ भदौ  । सूर्योदय नगरपालिका १० फिक्कल बजारमा डेंगी नियन्त्रण लक्षित सरसफाई कार्यक्रम गरीएको छ ।

सूर्योदय नगरपालिका स्वास्थ्य शाखाले डेंगी फैलन नदिन र बजारको सौदर्यता कायम राख्नका लागि फिक्कल बजार क्षेत्रमा सरसफाई गरेको हो ।

बजारका खाल्डाखुल्डीमा जमेको पानी, बोतल तथा ड्रमहरुमा राखीएको पानीका कारण लामखुट्टेको बृद्धि हुँने भएकाले बजार क्षेत्रको सरसफाई गरीएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनु भयो ।

सरसफाई कार्यक्रममा स्वास्थ्यकर्मी , जनप्रतिनिधि, कर्मचारी , नेपाल प्रहरी र नगर प्रहरीको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा स्थानीयको भने सहभागीता थिएन । आफनो घर वरिपरि नगरले सरसफाई गर्दा पनि स्थानीय ननिस्कनु दुखद भएको जनप्रतिनिधिको भनाई छ ।

वडा नं। १० को कार्यलय देखि बजार क्षेत्रका पानी जम्ने स्थानको सरसफाई गरीएको खत्रीले जानकारी दिनु भयो ।

जनस्वास्थ्य निरीक्षक खत्रीले वडा नं। १० र ९ मा डेंगी फैलिरहेकाले ती वडामा सरसफाई गरीएको जानकारी दिनु भयो । वडा नं। ९ को बरबोटे बजार क्षेत्र पनि सरसफई गरीएको छ । नगरको ९ र १० नं। वडामा डेंगी रोग सक्रमित ब्यक्तिको संख्या समेत बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया