.

४७ लाख स्टकमा, प्रयोगविहीन ४० लाख डोजबारे निर्णय भएन

विराटनगर , १५ साउन ।सरकारसँग कोरोनाविरुद्धको ४७ लाख डोज खोप भण्डारणमा रहेको छ । सो खोप स्वास्थ्य सेवा विभागअन्तर्गत टेकुस्थित केन्द्रीय कोल्डचेनमा राखिएको छ ।

स्टकमा रहेकोमध्ये ४० लाख डोज साइनोभ्याक र सात लाख २० हजार डोज फाइजर खोप हो । ४० लाख डोज साइनोभ्याकको  २०२३ को डिसेम्बर १९ मा म्याद सकिँदै छ । तर, हाल प्रयोगविहीन बनेको सो खोप के गर्ने भन्नेबारे विभागले निर्णय लिन सकेको छैन ।

सो खोप चीन सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराएको हो । बुस्टर डोजको रुपमा दिन नमिल्ने भएपछि विभागसँग स्टकमा रहेको ४० लाख डोज साइनोभ्याक खोप के गर्ने भन्ने निर्णय नभएको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए बाँकी सात लाख २० हजार डोज फाइजर भने कोभ्याक्स सुबिधामार्फत ल्याइएको हो ।

सो खोप तेस्रो र चौथो बुस्टरको रुपमा दिने सरकारको योजना छ । तर, पछिल्लो समय  कोरोनाविरुद्धको खोप लगउनको संख्या अत्यन्त न्यून छ ।नेपालमा हालसम्म पाँच करोड ९९ लाख ६४ हजार ६४७ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया