.

सरकारलाई औषधि व्यवसायीको चेतावनी– माग पूरा नभए कठोर निर्णय लिन्छौँ

औषधि व्यवसायीले औषधि व्यवस्था विभागबाहिर आज बिहान देखि धर्ना दिएका छन् । प्रदर्शनमा उत्रिएका व्यवसायीले हातमा कालोपट्टी बाँधेरऔषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेजको माग गर्दै सो उपदफाको विरोध गरे का छन् ।

विरोध कार्यक्रममा नेपाल औषधि संघ काठमाडौं जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले ऐनको दफा ११ संशोधन गर्दा व्यवसायीलाई पलायन गर्न खोजिएको आरोप लगाए ।

श्रेष्ठले सो उपदफा ५ तत्काल खारेज गर्न माग गर्दै सरकारले यही मंसिर १७ गतेसम्म पनि आफूहरूका माग पूरा नगरे कठोर निर्णयसहित आन्दोलनमा उत्रने उनले चेतावनी दिए   केही समययता औषधि व्यवसायीले आफ्ना माग पूरा गर्न भन्दै धर्ना दिइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया