.

बालगायक सचिन परियारको आज १३ बर्षको उमेरमा निधन

विराटनगर । बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ । 


गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका थिए । 


गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । उनको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ  र उपचारमा नभई परिवारले फजुल खर्च गरेको भन्दै आलोचना पनि भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया