.

पूर्वी नाकाबाट ५१ करोडको कोदो आयात ः सात करोड ५७ लाख बराबरको फर्सी पनि भारतबाट भित्रियो

विराटनगर ,१० साउन । पूर्वीनाका झापाको काँकडभिट्टाबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो आयात भएको छ ।गएको आर्थिक वर्ष २०७९र८० मा भारतबाट काँकडभिट्टा नाका हुँदै १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताउनुभयो ।त्यस्तै फर्सी पनि भारतबाट ठूलो मात्रामा आयात भएको छ । पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खुवाउँछन् ।तर त्यही फर्सी पूर्वी नाकाबाट आर्थिक वर्ष २०७९र८० मा सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन आयात भएको छ  ।फर्सी र कोदोमात्र होइन, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु भारतबाट उच्च मात्रामा आयात भएको छ ।एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया