म्यानमारसँग मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोलीको घोषणा
१७ भदौ २०८०, आइतवार
0
प्रतिक्रिया
विराटनगर , १७ भदौ । म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टाे एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीका घोषणा गरेका हुन् ।
नेपालले म्यानमारसँग भदौ २२ र २५ गते उसैको भूमिमा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।