.

भारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

विराटनगर , २६ मंसिर ।एसीसी(१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । दुबईमा भारतले टस जितेर फिल्डिङ रोजे पनि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

 नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।

यस्तै, अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ ।

अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया