विराटनगर,आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ ।अङ्क तालिकाको सातौँ स्थानमा रहेको
श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै,
पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा
मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २
सय ४३ रनको ठूलो अन्तरले पराजित गर्याे ।कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले
ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो ।
तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन
मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो ।भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । भारत
शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ । भारत सेमिफाइनलमा
भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको
छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?