.

मुद्दाको पेशी स्थगित भएपछि सन्दीप लामिछाने भोलि चीन जाँदै

विराटनगर ,  ७ असोज । एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने भोलि चीन जाने भएका छन् ।


सन्दीप बाहेकको टीम आज नै चीन प्रस्थान गरेपछि उनी भने भालि एक्लै जाने भएका हुन् ।


काठमाडौं जिल्ला अदालतमा सन्दीपविरूद्वको मुद्दाको पेशी आज तोकिएकाले उनी टीमसँग जान पाएका थिएनन् । तर आजको सुनुवाई पनि स्थगित भएपछि उनी भोलि चीन जाने पक्का भएको हो ।


एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया