आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज प्रदेशसभामा छलफल हुने भएको छ ।
कार्यसूचीअनुसार विदुर कुमार लिड्थेप ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री लिड्थेपले प्रस्ताव पेश गरेपछि आगामी आर्थिक वर्षको बजेटका आधारभूत सिद्धान्त, नीति तथा प्राथमिकतामाथि प्रदेशसभा बैठकमा विस्तृत छलफल सुरु हुनेछ । प्रदेश सरकारले आगामी बजेटमार्फत विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई आगामी बजेट निर्माणको आधारका रूपमा हेरिएको छ ।