.

सरकारद्वारा निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा स्थगित ,बीमितलाई दिने औषधि पनि कटौती

स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान गरिँदै आएका स्वास्थ्य बिमाका सेवा स्थगन गर्ने निर्णय गरेको छ । बोर्डले अर्को निर्णय नभएसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य बिमा सेवा बन्द गर्ने जनाएको हो ।

बोर्डका अनुसार नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा मेडिकल कलेजहरूमा मिति २०८३ साल जेठ १६ गतेदेखि आकस्मिकबाहेकका अन्य सेवा स्थगन हुनेछन् । यो निर्णयसँगै स्वास्थ्य बिमामार्फत निजी अस्पताल तथा मेडिकल कलेजमा उपचार गराउँदै आएका सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

बोर्डको यही जेठ ११ गते बसेको बैठकले सेवा स्थगन गर्ने निर्णय गरेको हो ।

यसैबिच

स्वास्थ्य बीमा बोर्डले बीमितलाई दिने औषधि पनि कटौती गरेको छ।

अहिलेसम्म २८९ किसिमका औषधि दिँदै आएको बोर्ड अब १७० किसिमका मात्रै औषधि दिने निर्णय गरेको हो । बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ ।

स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताइन् ।

नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया