On Air

Viva Ramailo Chha Yo Sajha
AT 5:00 pm

Archive for February, 2012

दुर्घटना

Wednesday, February 29th, 2012

बिराटनगर , फागुन १७ । गएराती सुनसरीको इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन । राती ८ बजेतीर इटहरी ४ आर्मी क्याम्प अगाडी धरानबाट इटहरी तर्फ आउँदै गरेको ना १३ प ८४९१ नंबरको मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको को ८ प १५८६ नंबरको मोटरसाइकल एक आपसमा ठक्कर खादा ४ जना घाइते भएका हुन । घाइते मध्ये इटहरी ५ का प्रदिप रायमाझिलाई बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि भारतको सिलगुढी लगिएको छ भने इटहरी ५ कै मन्दीप भट्टराई , सरोज कोईराला र अर्जुन कार्कीको भने घोपामै उपचार भईरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
……………………


१३ बिद्यार्थी सगठनले प्रम सँग भेट गर्ने

Wednesday, February 29th, 2012

काठमाण्डौँ , फागुन १७ ।  पेट्रोलीयम पदार्थमा भएको मुल्यबृद्धि फिर्ता र बिद्यार्थीलाई सहुलियत दिने यस अघि भएको सहमती कार्यान्वयको माग गर्दै बिभिन्न राजनिती दल निकट १३ बिद्यार्थी सगठनले आज दिउसो प्रधानमन्त्री डा बाबुराम भटराईलाई भेट्ने भएका छन । दोसा्रै पटक पेट्रोलीयम पदार्थमा मुल्यबृद्धि भए सँगै पुन आन्दोलीत भएका बिद्यार्थी सगठनहरुले भोली बाट मुल्यबृद्धिको बिरोधमा आन्दोलन सुरु गर्नु अघि आफना मागका बारेमा जानकारी गराउन प्रधानमन्त्रीलाई भेट्न लागेका हुन । १३ बिद्यार्थी सगठनको हिजो बसेको बैठकले भोली बिहान ११ बजे जुलुस निकाल्ने, ्१९ गते प्रर्दशन सहित एक घण्टा सरकारी गाडी सञ्चालन हुन नदिने, २० गते मशाल जुलुस प्रर्दशन गर्ने र २१ गते देखि २३ गते सम्म सिहदरबार अगाडी रिले अनसन बस्ने कार्यक्रम सार्बजनिक गरेको थियो ।


अस्थायी शिक्षक र सरकार बिच बार्ता

Wednesday, February 29th, 2012

काठमाण्डौँ , फागुन १७ । सरकारले बार्तामा बस्न आब्हान गरे पछिको अबस्थाको बाारेमा छलफल गर्न शैक्षिक गणतान्त्रिक मञ्च र शिक्षक युनियनको सयुक्त बैठक अहिले बसिरहेको छ । जारी बैठकमा सरकारले बार्तामा बस्न पठाएको पत्रको बारेमा छलफल गरि बार्तामा बस्ने नबस्ने टुगो लगाउने शैक्षिक गणतान्त्रिक मञ्चका कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो । पत्र उपयुक्त भएको खण्डमा बैठकले  बार्ता टोली समेत गठन गर्ने उहाँले बताउनु भयो । आन्दोलनरत शिक्षकहरुले बार्तामा बसे पनि आन्दोलन भने नरोकिने बताएका छन । घोषित कार्यक्रम अनुसार आन्दोलतरत अस्थायी शिक्षकहरुले आज पनि बिहान १० बजे शान्तिबाटीकामा भेला भई ¥याली सहित शिक्षामन्त्रालयमा गई धर्ना दिने भएका छन । यसैबिच आन्दोलनरत शिक्षकलाई बार्तामा आउन पत्राचार गरेको सरकारले  बिहान १० बजे पछि बार्ता गर्ने तयारी गरेको छ ।


संविधानसभाको म्याद थपका सम्बन्धमा दरपिठ निवेदनमा सुनुवाइ हुने

Wednesday, February 29th, 2012

काठमाण्डौँ , फागुन १७ । संविधानसभाको म्याद थपका सम्बन्धमा दरपिठ निवेदनबारे आज सुनुवाइ हुने भएको छ । आगामी जेठ १४ गतेसम्म संविधान जारी हुन नसके संविधानसभा स्वत ः विगठन हुने भन्ने सर्वोच्च अदालतको गत मङ्सीर ९ गतेको आदेश पुनरावलोकन हुनुपर्ने माग गर्दै प्रधानमन्त्री डा बाबुराम भटृराई र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दायर गर्नुभएको छुट्टा छुट्टै निवेदन सर्वोच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदीले गत पुस १२ गते दरपिठ गर्नुभएको थियो । निवेदन दरपिठका सम्बन्धमा ३५ दिने म्याद समाप्त नुहँदै प्रधानमन्त्री डा भटृराईले गत माघ १३ गते र संविधानसभा अध्यक्ष नेम्वाङले माघ १५ गते दरपिठविरुद्ध अर्को निवेदन दर्ता गराउनुभएको थियो । आज एकल न्यायाधीशको इजलासमा सहरजिष्टारले गर्नुभएको दरपिठ सदर या बदर गर्ने सम्बन्धमा सुनुवाइ हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो


एमाले स्थायी समिती बैठक

Wednesday, February 29th, 2012

काठमाण्डौँ , फागुन १७ । आगामी फागुन २१ देखि राजधानीमा सुरु हुने राष्टिय प्रतिनिधी परिषदको बैठकको तयारी स्वरुप नेकपा एमालेको स्थायी समितीको बैठक आज पुन बस्दैछ । पार्टी मुख्यालय बल्खुमा साँझ ५ बजे पछि बस्ने बैठकले परिषदमा बै७कमा भाग लिने ४२ जना प्रनितीधीको टुगो लगाउने सचिब युवराज ज्ञवालीले जानकारी दिनु भयो । यस्तै बैठकले आगामी केन्द्रिय कमिटी बैठकको मिती समेत टुगो लगाउनेछ । परिषद बैठक सुरु हुनु दुई दिन अघि यहि फागुन १९ गते केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरेको पनि उहाँले बताउनु भयो ।


प्रम र प्रचण्ड भेट

Wednesday, February 29th, 2012

काठमाण्डौँ , फागुन १७ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री बाबुराम भट्टराईबीच आज विहान भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटबार्तामा शान्ति प्रक्रिया, संविधान निमार्ण, राष्ट्रिय सहमतीको सरकार गठन लगायतका बिषयमा  छलफल भएको छ । केहि बेर सम्म चलेको उहाँहरु बिचको भेटमा भोली बस्ने तीन दलको बैठकमा प्रस्तुत गरिने शान्ति प्रक्रिया टुङगाउने प्रस्ताबका बारेमा समेत छलफल भएको बताइएको छ । उक्त प्रस्ताबलाई अध्यक्ष प्रचण्डले भोलीको शिर्ष बैठकमा प्रस्तुत गर्नुहुनेछ । तीन दलको बैठकले माओबादी अध्यक्ष प्रचण्डलाई शान्ति प्रक्रिया टुङग्याउने प्रस्ताब ल्याउन जिम्मा दिएको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले सेना समायोजन विशेष समितिको बैठक बोलाउन ध्यानाकर्षण गराएकोबारे प्रधानमन्त्री भट्टराईले अध्यक्ष प्रचण्डसँग परामर्श गर्नुभएको हो । सा्रेतका अनुसार सेना समायोजन प्रक्रिया अगाडी बढाउने तथा माओबादी लडाकुको अस्थायी शिबिरको सँग थप कटौती गर्ने लगायतका बिषयमा छलफल गर्न बिशेष समितीको बैठक चाडै नै बोलाउने प्रधानमन्त्रीले तयारी गर्नु भएको छ ।


प्रधानमन्त्री र नेम्वाङबीच भेटवार्ता

Wednesday, February 29th, 2012

काठमाण्डौँ , फागुन १७ । संविधानसभाको म्याद नजिकिदै जाँदा पनि दलका नेताहरु संविधान निर्माणप्रति अग्रसर नभएको भन्दै सभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख दलका नेताहरुलाई भेटी ध्यानाकर्षण गराउँन शुरु गर्नुभएको छ । यसक्रममा उहाँले आजबिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सभामुख नेम्वाङले संविधान निर्माण गर्ने समय अब तीन महिना मात्र बाकी रहेको अवस्थामा पनि दलहरुबीच सहमति नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँनु भएको थियो । जवाफमा प्रधानमन्त्री भट्टराईले दलहरुबीच छलफल जारी रहेको र भोली बस्ने तीन दलको बैठकले ठोस निर्णय गर्ने विश्वास ब्यक्त गर्नु भएको बताइएको छ । यसैगरी प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियाका काम पनि अघि बढीरहेको जानकारी गराउँनु भएको थियो । उहाँले लडाकुहरुको विदाई प्रक्रिया सकिइसकेको र अब चाँडै समायोजन प्रक्रिया शुरु हुने पनि बताउँनु भएको बताइएको छ । यसैबीच सभामुख नेम्वाङले आजै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डसँग भेट गर्ने भएपनि समय भने तय भइनसकेको बताइएको छ ।


पथरीमा सडक दुर्घटना

Tuesday, February 28th, 2012

बिराटनगर, १६ फागुन । पुर्बपश्चिम राजमार्ग अन्तर्गत मोरङ्गको पथरी कानेपोखरी सडकखण्डको शनिश्चरे १ जिरिखिम्तीमा हिजो अपरान्ह भएको मोटरसाइकलले ठक्कर दिदा एक युवती गम्भिर घाइते भएकी छिन । साइकलमा सवार लेटाङ्ग ४ की सरिता नेपालीलाई को ६ प ४४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिइ गम्भिर घाइते बनाएको हो । घाइते नेपालीको पथरीस्थित मोरङ्ग हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागी बिराटनगर स्थित न्युरो अस्वताल ल्याइएको छ । दुघृटनापछि ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


च्यावु्रङ प्रशिक्षण हुने

Tuesday, February 28th, 2012

फिदिम १६ फागुन । लोप हुँदै गएको सस्कृतीको जगेर्ना गर्ने उदेस्यले पाँचथर लिम्बू बिद्यार्थी मञ्च पाँचथरले सदरमुकाम फिदिममा  दिने च्यावुङ नाच सम्वन्धि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । १५ दिन सम्म सञ्चालन हुने तालिममा च्यावु्रङ प्रशिक्षक दिलकुमार लोवा र चन्द्र लोवाले प्रशिक्षण दिनेछन । फागुन ३० देखि शुरु हुने प्रशिक्षणमा ३५ जना सहभागि हुने आयोजकले जनाकारी दिएको छ । प्रशिक्षण कार्यक्रमवारे जनाकारी दिन सोमवार साँझ फिदिममा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष बुद्ध थाम्सुहाङले लिम्बू जातीको लोक नृत्यका रुपमा स्थापित च्यावु्रङ नाचको जगेर्ना गर्न प्रशिक्षण सञ्चालन गर्न लागिएको जनाकारी दिनुभयो ।


भरुवा बन्दुक सहित २ जना ब्यक्ति पक्राउ

Tuesday, February 28th, 2012

भोजपुर, फिदिम १६ फागुन । पाँचथरको इलाका प्रहरी कार्यालय रबिवाट खटेको प्रहरी टोलीलले जिल्लाको कुरुम्वा गाँबिसबाट २ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कुरुम्वा १ का ६३ बर्षीय गर्जमान राई र ५९ का हर्कवली राई रहेका छन । पक्राउ गरिए मध्ये हर्कविरको घरवाट बिना इजाजत पत्र राखिएका २ थान र हर्कबलीको घरवाट १ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो । उनीहरु बिरुद्ध हातहतियार खरखजना शिर्षकमा मुद्धा दर्तागर्ने पकृया शुरु गरिएको पनि प्रहरीले जनाएको छ । उता भोजपुरको बासीखोरामा मन्दीरको घण्टा र त्रिशुल लगेकोे आरोपमा ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बासीखोरा ५ बस्ने बज्रमाया राई, शुकमाया राई, विर्सना राई गंगादेवी राई र  आसामे राई रहेका छन् । उनीहरुले सोही गा.वि.स. मा रहेको जाल्पादेवी सिंहदेवी, सत्यदेवी, कालीदेवी पखुवादेवी र महादेवका मन्दीरमा रहेका प्राचिन तथा भक्तजनले चढाएका घण्टा र त्रिशुलहरु आफ्नो घरमा लगेर मन्दीर बनाई राखेका थिए ।