‘बी’ डिभिजन क्षेत्रीय सुपर लिग फुटबल हुने
काठमाण्डौ, १४ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आज देखि स्याङ्जामा ‘बी’ डिभिजन क्षेत्रीय सुपर लिग सञ्चालन गर्ने भएको छ । एन्फा प्रवक्ता ललितकृण श्रेष्ठका अनुसार ‘बी’ डिभिजनमा रहेका १२ जिल्लामा सञ्चालित जिल्ला लिगमा प्रथम भई क्षेत्रीय लिगमा पनि आ–आफ्नो समूहमा प्रथम भएका चार टिमका बीचमा प्रथम र द्वितीय हुने दुई टिमले यस प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा सिरहाको कस्तुरी युवा क्लब, धनुषाको एसएम स्पोर्टस् क्लब, सिन्धुपाल्चोकको न्यू जेनेरेसन युवा क्लब र आयोजक स्याङ्जाको ट्रिनिटी क्लबको सहभागिता रहने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । फुटबल खेलको विकासको निम्ति देशभित्र रहेका सबै क्लबहरू तथा क्लबबाट खेल्ने खेलाडीहरू फुटबल खेल्न पाउने वातावरण बनाउन क्षेत्रीय लिगको आयोजना गरिएको एन्फाले जनाएको छ ।
Categories National, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.