On Air

B-Muzik
AT 10:00 am

सोलुखुम्बुमा छुरा प्रहारबाट मृत्यु

बिराटनगर, ८ माघ । सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गाबिसमा गएराती अपरचित युवाहरुको छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् । टाक्सिन्दु १ का पशुधन राईको छोरीको बिबाहमा नाचगान भइरहदा ४÷५ जनाको समुहमा आएका युवाहरुले छुरा प्रहार गर्दा टाक्सिन्दु ३ का २५ का पेम्वा शेर्पाको घटनास्थलमै मृत्यु भएको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यस समुहको छुरा प्रहारबाट अर्का टाक्सिन्दु ४ का २२ बर्षिय प्रदिप राई गम्भिर भएको पनि प्रहरीले जनाएको छ । राईको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । छुरा प्रहार गर्नेको पहिचान नभएको र खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

No Comments

Categories News, Purwanchal | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.