सिरियामा भएका पछिल्ला हिसात्मक घटनामा कम्तिमा २७ जनाको मृत्यु,
सिरियामा भएका पछिल्ला हिसात्मक घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार होम्स शहरमा आठ तथा इदलीबमा १३ जनाको मृत्यु भएको छ । क्षेत्रीय शान्ति योजनाको समिक्षा गर्न अरब लीगका पर्यबेक्षकहरु हाल सिरियामा रहेको अबस्थामा समेत हिसात्मक घटनामा कुनै कमि आएको छैन । गत शुक्रबार मारिएका ब्यक्तिको स्मृतीमा आयोजना गरिएको प्रार्थना सभामा आक्रमण भएको हो । यसैबिच काहिरोमा आज अरब लीगका नेताहरुको बैठक बस्दैछ । बिपक्षीदलले दबाब सिर्जना गर्न बैठक अघि आयोजना गरिने बिशाल प्रर्दशनमा सहभागी हुन कार्यकर्ता तथा आमसबैसाधरणलाईै अपिल गरेको छ । उक्त बैठकमा अरब लिगका पर्यबेक्षकले सिरियाको बारेमा आफनो पहिलो रिपोर्ट प्रस्तुत गर्नेछ । सयुक्त राष्टसघले राष्टपति बशर अल असदका बिरुद्ध दश महिना देखि सुरु भएको बिरोध पं्रर्दशनका क्रममा ५ हजार भन्दा बढि नागरिकले ज्यान गुमाएको जनाएको छ । यता भारतले जारी हिसात्मक अबस्थामा सिरिया नजान आफ्ना नागरिकलाई सचेत गराएको छ । दैनिक जसो आत्मघाती आक्रमण हुन थाले पछि बिदेश मन्त्रालयले आफना नागरिकलाई बर्तमान अबस्थामा त्यहा नजान सचेत गराएको हो ।
Categories International, News | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.